
पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिब छनोटका लागि प्रदेश सरकारले दरखास्त आह्वान गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गर्दै फागुन २६ गते सम्म दरखास्त दिन आह्वान गरेको हो । प्रकाशित सूचनामा प्रदेशमा खेलकूदको प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्न बनेको विधेयक प्रदेश खेलकूद ऐन, २०७७ बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित सूचनामा नेपाली नागरिक, स्नातक तह उर्तिण गरी ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । प्रदेश खेलकूदको विकासका लागि व्यक्तिगत विवरण तथा कार्ययोजना सहित मागिएको दरखास्तमा अनुभव खुल्ने प्रमाणपत्र समेत संल्गन राखि निवेदन दिन भनिएको छ ।
यो पनि पढनुहोस
को बन्ला त गण्डकी प्रदेशको खेलकुदको सदस्य सचिव ? सदस्य सचिव छान्न समिती गठन
