को बन्ला त गण्डकी प्रदेशको खेलकुदको सदस्य सचिव ? सदस्य सचिव छान्न समिती गठन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद समितीको सदस्य सचिब छनोट गर्न तिन सदस्यिय छनोट समिती गठन गरिए सँगै अव प्रदेश खेलकुदको सदस्य सचिब को हुने भन्ने कौतुहलता छाएको छ ।

प्रदेश सरकारको मन्त्री परिषदको बैठकले प्रदेशको खेलकुद हेर्ने सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा तिन सदस्यिय छनोट समिती गठन गरेको प्रवक्ता रामशरण वस्नेतले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन । प्रदेश खेलकुद विधेयक २०७७ को परिच्छेद ४ को उपधारा १७ को ३ बमोजिम उक्त समिती गठन गरेको जनाइएको छ ।

समितीलाई १० दिन भित्र काम सम्पन्न गरी मुख्यमन्त्री कार्यालयमा पेश गर्न समय दिइएको छ । विधेयकका अनुसार सदस्य सचिवको आवेदनका लागि समय तोकेर छनोट समितीले सूचना जारी गर्ने छ ।

तिन सदस्यिय समितीमा सामाजिक विकास मन्त्रालयका सचिब विनोद बहादुर कुंवर र खेल विज्ञका रुपमा दिल बहादुर गुरुङ रहेका छन । गुरुङ भूतपर्व खेलाडी मञ्च नेपालका द्वितिय उपाध्यक्ष हुन भने पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकका अध्यक्ष समेत हुन । उनले कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा रहेर नेतृत्व गरिसकेका छन ।

प्रदेश खेलकुद विधेयक अनुसार प्रदेश खेलकुदमा सदस्य सचिब, उपाध्यक्ष र सदस्यहरु गरी २५ सदस्यिय प्रदेश खेलकुद समिती र ६ सदस्यिय कार्यकारी सदस्य गठन गर्ने प्रावधान रहेको छ । मन्त्री परिषदको बैठकमा गण्डकी प्रदेश खेलकुद वोर्ड सदस्य हुन इच्छुकहरुको धेरैको नामावली प्रस्तावका रुपमा आएपछि त्यसको टुङ्गो लगाउने जिम्मा मुख्यमन्त्रीलाई दिइएको छ । विधेयकले प्रदेश खेलकुदको संरक्षकमा मुख्यमन्त्रीलाई तोकेको छ ।

सदस्य सचिव हुनका लागि स्नातक तह उर्तिण र ६० वर्ष ननाघेको हुनुपर्ने विधेयकले स्पष्ट गरेको छ ।

प्रदेश खेलकुदको सचिवको टुङ्गो लगाए सँगै गण्डकी प्रदेशका सवै ११ जिल्ला अध्यक्षहरुको टुङ्गो लगाउने तयारी भइरहेको छ भने मन्त्री परिषदको बैठकले सदस्य सचिबको टुङ्गो लगाउन समिती गठन गरेपछि प्रदेश खेलकुदले गतिलिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close