ओलम्पियन केसीलाई भेटन श्रेष्ठ र विष्ट निवासमा पुगे

पोखरा । कोरोना पोजेटिभ पाइएका ओलम्पियन तथा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जित वहादुर केसीलाई भेटन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट उनको निवासमा पुगेका छन ।

काठमाडौ महानगरपालिका १४, कंलकी राना गाँउ स्थित ओलम्पियन केसीलाई आइतवार उनको निवासमा नै भेट्न पुगेका अध्यक्ष श्रेष्ठ र निवर्तमान अध्यक्ष श्रेष्ठले उनको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका छन ।

भौतिक दुरि कायम गर्दै भएको भेटमा ७२ वर्षिय ओलम्पियन केसीले संक्रमण भएपनि आफुलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको जानकारी दिए । उनको लगाएत सबै परिवारको आज पुनः परीक्षण हुने भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत साता केसीलाई कोरोना संक्रमण देखिए पछि होम आइसोलेसनमा वसेका केसीलाई खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close