
पोखरा, १६ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राज महम्मद मिया अन्सारीको अध्यक्षतामा नेपाल कुस्ती संघ पुनर्गठन गरेको छ ।
करिब चार वर्ष सम्म दुई वटा कुस्ती संघका कारण नेपालमा कुस्ती खेलको बिकास हुन सकेको थिएन । राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको पहलमा दुई संघहरु मिलाएर अघि बढ्ने सहमती भए अनुरुप नै अन्सारीको अध्यक्षतामा संघको पुर्नगठन गरिएको समितीका संयोजक एवम राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताएका छन ।
पुनर्गठित १८ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्ष त्रयमा रामलोचन ठाकुर, मनोहर रायमाझी र बसन्त भण्डारी, महासचिवमा रिता कोइराला, सचिवमा साहिल अन्सारी तथा कोषाध्यक्षमा जफ्रुल्ला मिया मंसुरी रहेका छन् ।
त्यसै गरि कार्यसमितीको सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. प्रमाचन्द सेन, सानु लामा, नेसार खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादव र राखेपबाट २ प्रतिनिधि छन् ।
सोमबार पत्रकार सम्मेलन गरी कुस्ती संघको पुनर्गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी गराए । राखेपका उपाध्यक्ष एवं राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाले अन्य राष्ट्रिय खेल संघको विवाद पनि चाँडै अन्त्य हुने बताएका छन ।
