
पोखरा १३, माघ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको उद्धघाटनमा विभागिय टिम एपिएफ बिरुद्ध हिमालयन शेर्पा भिड्ने भएको छ ।
प्रतियोगितामा जापान र क्यामरुनका दुई विदेशी सहित १२ टिम सहभागि हुने भएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन । प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लब मनाङ मस्याङदी, संकटा, थ्रि स्टार, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी वलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेकाछन । त्यसै गरी आयोजकको पोखरा ११, रिस्सो युनिर्भसिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने भएका हुन ।
प्रतियोगिताको विजेतालाई उपाधि सहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने भएको छ भने उपबिजेताले ४ लाख ५ हजार प्राप्त गर्ने भएको छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने भएको छ । भने प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाइकल सहित सम्मान गरिने एन्फा कास्कीले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन । मनकामना केबुलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताबाट एक करोड २८ लाख आम्दानी गर्ने लक्ष्य राखिएको कार्कीले बताए । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १७ लाख खर्च लाग्ने छ ।
पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरकै १६ हजार ५ सय सिट क्षमताको प्यारापिट निमार्ण गर्ने भन्दै केहि समय अघि पुरानो प्यारापिट भत्काएसंगै यस बर्ष २ हजार सिट क्षमताको अस्थायी प्यारापिट (स्काई फोल्डिङ) समेत निमार्ण गर्ने एन्फा कास्कीले जनाएको छ । एन्फा कास्कीले करिब ८ लाख खर्चियर हरियो फुटवल मैदान तयार पारेको छ ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले निर्माण हुने लागेको प्यारापिट सहितको रंगशाला शुरु भएमा कुनै अवरोध नगरिने बताएका छन । उनले भने–“हामीले पहिला पूर्वाधार निर्माणको कुरालाई जोड दिएका छौं खेलकुदका कार्यक्रम गर्नै पर्ने भएमा अन्य स्थान समेत परिवर्तन हुन सक्छ तर मनकामना कपको अवधीलाई भने अवरोध नआउन पनि सक्छ ।”
कार्यक्रममा अध्यक्ष श्रेष्ठले मनकामना कपका लागि तयार पारिएको जिङलको पनि लोकापर्ण गरे । खेलकुद पत्रकार मन क्षेत्रीको रचनामा गायक विनोद बानियाले स्वर दिएका हुन ।