
पोखरा स्पोर्टस । पोखरामा महानगरस्तरिय स्क्वास प्रतियोगिता विहिबारबाट सुरु भएको छ ।

कास्की जिल्ला स्क्वास तथा र्याकेट संघको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका हुन् । प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको संघका सचिव प्रविन पालिखेले पोखरा स्पोर्टस्लाई जानकारी दिएका छन् ।
सम्पन्न प्रतियोगितामा पहिलो चरणमा राजु श्रेष्ठ धर्म सुवेदी, विश्व विजुक्छे, सदम प्रधानाङ्ग, सुजन आचार्य, आह्वान श्रेष्ठ, र प्रयाग जोशी विजयी भए भने आह्वान श्रेष्ठ भने पुष्पराज श्रेष्ठलाई ३–१ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन् ।
फाइनल खेल शनिबार सम्पन्न हुने संघले जनाएको छ ।
