
पोखरा, २७ मंसिर ।
पोखरा ईन्जिनियरिङ कलेजको साताब्यापी “पेक स्र्पोट्स मिट–२०१८” यहि मंसिर २८ देखि ६ गते सम्म आयोजना हुने भएको छ । विद्यार्थीहरुलाई अध्ययनका अलवा उनीहरुको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिताहरु कलेजको स्थापनाकाल देखिनै हरेक वर्ष आयोजना गर्ने गरिएको कलेजका मुख्य प्रशासक चिजकाजी गुरुङले बताए ।
स्र्पोट्स मिटमा छात्र–छात्रा भलिबल, फुटबल, बास्केटबल, फुटसाल, क्रिकेट, टेबुल टेनिस, ब्याडमिन्टन (सिङल, डवल्स), बुद्धीचाल र ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको कलेजका अतिरिक्त कृयाकलाप संयोजक ई. राजु प्ुरीले जानकारी दिएका छन ।
अन्तरकक्षात्मक प्रतिष्पर्धामा कलेजका करिब ४ सय विद्यार्थीहरुको सहभागिता रहने र ई. पुरीले जानकारी दिए । अधिकांश प्रतियोगिताहरु पोखरा रंगशालामा संचालनहुने भएका छन ।
पोखरा इन्जिनियरिङ कलेजमा हाल करिब १ हजार बिद्याथीहरु अध्ययनरत रहेका छन जसमा डिप्लोमा तह तर्फ सिभिल र कम्पूयूटर, स्नातक तह तर्फ सिभिल, कम्पूयूटर र आर्किटेक्चर र स्नातोकत्तर तह तर्फ एम.एस.सी कन्सट्रक्सन म्यानेजमेन्टमा अध्यापन हुने गरेको छ ।