“पोखरा म्याराथनको गर्बिलो इतिहासलाई अमेरिकामा प्रचार गर्नेछु”–पूर्ब ओलम्पियन, गुरुङ

पोखरा, १० मंसिर ।
पूर्ब ओलोम्पियन तथा तेक्वान्दो खेलाडी नारायण गुरुङलाई सोमबार भूतपूर्ब खेलाडी मंच नेपालले स्वागत गरेको छ ।

पोखरा १४ निवासी पूर्ब ओलोम्पियन गुरुङले मंचले यसरी स्वागत गरेकोमा आभार व्यक्त गर्दै पोखरा म्याराथनको गर्बिलो इतिहासलाई अमेरिकामा प्रचार–प्रसार गर्ने बताएका छन । एनआएन अमेरिकाका खेलकुल संयोजक समेत रहेका गुरुङले मंचले पोखरालाई म्याराथनका माध्यम द्वारा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन खेलेको भूमिकाको प्रसंशा गरे ।

पूर्ब ओलोम्पियन गुरुङले अमेरिका वोष्टनको म्याराथन इतिहासका बारेमा चर्चा गर्दै भने–“पोखरालाई बोष्टन, न्यूयोर्क लगाएत विश्वका अन्य ठूला शहरमा आयोजना हुने म्याराथन शहरको रुपमा जस्तै परिचय गराउन आफूले सक्दो प्रयास गर्नेछु ।” पोखरा म्याराथनलाई सफल बनाउन आफ्नो संधै आर्थिक, भौतिक र नैतिक सहयोग रहने बताउँदै उनले अमेरिका बाट समेत खेलाडीहरुलाई ल्याउन आफ्नो प्रयास रहने बताए ।

हाल अमेरिकको ओरेगनमा बसोबास गरिरहेका पूर्ब ओलोम्यिपन गुरुङले १९९२ मा स्पेनको बार्सिलोना ओलोम्पिकमा सहभागी रहेको थिए । उनले हाल अमेरिकामा ५ जना पूर्व ओलोम्यिन र ५ सय जना भन्दा बढी बिभिन्न खेलकुदका राष्ट्रिय खेलाडीहरु अमेरिकामानै बसोबास गरिरहेको बताए ।

मंचका अध्यक्ष तेज गुरुङले पूर्ब ओलोम्यिन गुरुङको स्वागत गर्दै सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तेह«ौ संस्करणलाई सफलता पूर्वक सम्पन्न गर्न अमेरिकी नेपालीहरु संग आग्रह गरे । अध्यक्ष गुरुङले बेलायत, हङकङ, जापान लगाएत अन्य मुलुक बाट म्याराथन सफल बनाउन भइरहेका प्रयास र पोखरेली मंच यूकेको सहयोगका बारेमा जानकरी समेत दिए । कार्यक्रममा निर्वमान अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली लगाएतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close