
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघको आयोजनामा यही अप्रिल २६, २८ र ३० तारिखमा सञ्चालन हुने एकदिवसीय सिरिजका लागि नेपाल रेड र नेपाल ब्लु टोली घोषणा गरेको छ । सिरिज माथिल्लो मुलपानी मैदानमा आयोजना हुने जनाइएको छ ।
घोषित टोलीअनुसार नेपाल रेडको कप्तानी अनिल कुमार साहले गर्नेछन् । टोलीमा नृप राज दास, दीपक प्रसाद डुम्रे, विवेक राना मगर, ईशान पाण्डे, शुभ कंसकार, कुशल मल्ल, रसिद खान, शंकर राना, हेमन्त धामी, विशाल पटेल, प्रमिश जिसी, शेर मल्ल, युवराज खत्री, सागर ढकाल र अभिषेक गौतम समावेश छन् ।
त्यस्तै, नेपाल ब्लुको कप्तानी देब खनालले सम्हाल्नेछन् । टोलीमा मयन यादव, अर्जुन घर्ती मगर, अर्जुन साउद, अरनिको यादव, सन्दीप जोरा, पवन सराफ, नारायण जोशी, सन्तोष यादव, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, साहब आलम, विपिन खत्री, प्रकाश जैसी र दीपेश कँडेल रहेका छन् ।
आगामी सिरिजलाई राष्ट्रिय टोलीको तयारी र खेलाडीहरूको प्रदर्शन मूल्यांकनका दृष्टिले यो प्रतियोगिता महत्वपूर्ण मानिएको क्यानले जनाएको छ ।
