पोखरा ‘दशैं टेनिस प्रतियोगिता’मा यू–१६तर्फ शास्वत र गृष्मा बिजयी

पोखरा स्पोर्टस । कास्कीको टेनिसलाई चलायमान बनाउन कास्की जिल्ला टेनिस संघद्वारा आयोजित जुनियर तथा भेट्रान्स ‘दशैं टेनिस प्रतियोगिता’ शनिबार सम्पन्न भएको छ ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सम्पन्न जुनियर यू–१६ ब्वाइज सिंगल्सतर्फ शास्वत बज्रचार्य र महिलातर्फ गृष्मा गुरुङ बिजयी भएका छन् । फाइनलमा शास्वतले दर्शिल श्रेष्ठलाई सोझो २–० को सेटमा पराजित गरे भने गृष्माले आहाना शेरचनलाई पराजित गरेकी हुन् । ब्वाइज यू–१६ मा प्रफुल्ला श्रेष्ठ र डोजन गुरुङ तथा गर्ल्सतर्फ आरुषी तुलाचन र शाल्भी शेरचनले तेस्रो स्थान हात पारे ।

त्यस्तै यू–१४ ब्वाइज सिंगल्सतर्फ प्रफुल्ला श्रेष्ठ, अर्याशराज पाण्डे र डोजन गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा यू–१२ ब्वाइजमा अर्याश राज पौडेल, इभान भट्टराई र ओमयुग थापा पहिलो, दोस्रो र तेस्रो भए । यू–१० ब्वाइज सिंगल्समा ओमयुग थापा, इहान भट्टराई र जिवश भट्टराई पहिलो, दोस्रो र तेस्रो हुँदा गर्ल्सतर्फ जिवाश्री भट्टराई र जियोभानी केसी पहिलो र दोस्रो भएका छन् ।

यस्तै प्रतियोगिताको खुला भेट्रान्स डवल्सतर्फ धर्म सिंह लामिछाने र भिष्मराज पौडेलको जोडी बिजयी भएको छ । सो जोडीले प्राञ्जल कायस्थ र इन्द्र गुरुङको जोडीलाई ७–५ र ६–४ का् सोझो सेटमा पराजित गरेको हो ।

बिजेता खेलाडीहरुलाई अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङलगायतले मेडल वितरण गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी समेत रहेका भट्टराईले नेपाली खेलकुदमा यूवा खेलाडी उत्पादनमा कास्की टेनिसको प्रयास महत्वपूर्ण रहेको जनाउँदै उत्कृष्ट खेलाडी कहाँ छ भन्ने विषय महत्वपूर्ण हुने बताए । उनले भने–“उत्कृष्ट खेलाडी झोपडी वा महल जहाँ पनि हुन सक्छ । तर त्यसको निरन्तर खोजी हुनु आवश्यक छ ।” खेलको कुनै सिमा, धनी र गरिव भन्ने विषय नहुने भएकोले खेलकुदको विकासका लागि एकता आजको प्रमुख आवश्यक्ता रहेको उनले औंल्याए ।

पोखरा रंगशालामा ‘खेल्छ गण्डकी’ मार्फत प्रशिक्षणरत एक जना यूवा टेनिस खेलाडीलाई आफ्नो व्यवसायिक प्रतिष्ठानबाट पूर्ण सहयोग गर्ने भट्टराईले सो अवसरमा प्रतिवद्धता जनाए ।

कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ ‘राजु’को अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी टेनिसका अध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका सचिव मिष्मराज पौडेल लगायतले आफ्ना भनाई राखेका थिए । सचिव पौडेलले सुरु गरेको दशैं टेनिस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने संगै अन्य विशेष पर्वहरुमा समेत प्रतियोगिताहरु आयोजना गर्ने जानकारी दिए ।

प्रतियोगितामा जुनियर र खुला भेट्रान्सतर्फ गरी ८० भन्दा वढि खेलाडीहरुको सहभागिता रहेको थियो । सो अवसरमा राजधानीमा सम्पन्न जुनियर एटिएम टेनिसमा बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close