कास्की जिल्ला खेलकुद अध्यक्ष याम गुरुङ दुर्घटनामा परे, खतरा मुक्त

पोखरा, ९ मंसिर ।
कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवम नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ आइतबार पाल्पामा दुर्घटनामा परेका छन ।

अध्यक्ष गुरुङ आइतबार बिहान ६ बजे दुइ जना भाई सहित पोखरा बाट आफन्तलाई भेटन तानसेन हिंडेका थिए । तान्सेन जाने क्रममा उनी तान्सेन स्थित डुम्रे भन्ने स्थानमा आफूले चलाएको बा १८ च १०९४ नं को कारमा दुर्घटना परेका हुन । उक्त स्थानमा विपरित दिशा बाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा कार रुखमा ठोक्किएर दुर्घटनामा परेको अध्यक्ष गुरुङले बताए ।

अहिले थप उपचारका लागि बुटबल स्थित लुम्बिनी अस्पतालमा रहेका अध्यक्ष गुरुङले पोखरा स्र्पोट्स संग कुरा गर्दै चिकित्सले आफूलाई खतरा मुक्त रहेको जानकारी दिएका छन । “मलाई छातीमा चोट लागेको भए पनि खतरामुक्त रहेको छु” चिकित्सकको भनाइलाई उद्धृत गर्दै अध्यक्ष गुरुङले भनेका छन ।

उनी संगै रहेको दुई जना भाईहरु दिपक र दुर्गा गुरुङको पनि उपचार भइरहेको अध्यक्ष गुरुङले बताए ।

पोखरा स्र्पोट्स डटकम अध्यक्ष गुरुङको सिघ्र स्वास्थ लाभको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close