
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरी महिला तथा पुरुष दुई दिने सेपाक ताक्रो प्रतियोगिता बुधबारबाट पोखरा रंगशालामा सुरू भएको भएको छ ।
गण्डकी प्रदेश सेपाक ताक्रो संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सुरू भएको प्रतियोगिताको पहिलो दिन रेगु इभेन्ट महिला/पुरुष दुबैतर्फ नवलपुर जिल्ला बिजेता बनेका छन् ।
यस्तै रेगु माहिलातर्फ कास्काी उपविजेता बन्दा म्याग्दी र स्याङजाले तेस्रो स्थानमा चित्त बुझाएका छन् । यस्तै रेगु पुरुषतर्फ तनहुँ उपविजेता बनेको छ भने कास्की र बाग्लुङ तेस्रो भएका छन् ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत क्वाडतर्फको इभेन्ट भने जारी रहेको संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगितामा महिला र पुरुष तर्फ गरी १६ टिमका ८० खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा नवलपुर, गोर्खा, तनहुँ, कास्की, स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता १०औं राष्ट्रिय खेलकुदका लागि छनौट खेलका रुपमा आयोजना गरिएको हो ।
यस अघी सो प्रतियोगिताको उदघाटन एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका थिए । उद्घाटन कार्यक्रम संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा संघले नयाँ वर्ष २०८३ को क्यालेण्डर समेत विमोचन गरेको छ ।
