
पोखरा, २३ असोज ।
नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाइडिङलाई ब्यबस्थित बनाउनका लागि प्राधिकारिक संस्थाका लागि निवेदन आह्वान गरेको छ ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरे संगै अब भद्रगोलको स्थितीमा रहेको प्याराग्लाइडिङ अब ब्यबस्थित हुने बिश्वास लिइएको छ । प्राधिकरणले १५ दिन भित्र निवेदन दर्ता माग गरेको छ ।
प्रदेश नं ४ अन्र्तगत नेपाल हवाई खेलकुद संस्था (ना) ले अब एक साता भित्रै निवेदन दर्ता गरिने अध्यक्ष योगश भट्टराईले बताएका छन । “यो हामी सबैका लागि खुसीको विषय हो” उनले भने–“हामी बैठक बसेर तुरुन्तै निबेदन दर्ता गर्दैछौं ।”
प्राधिकारिक संस्था गठन भए पछि प्याराग्लाइडिङ ब्यबसायी र पाइलटहरुले अब काठमाडौं धाउने झण्झट हुने छैन भने आर्थिक संगै समयको बचत तथा शुरक्षामा समेत राम्रो निगरानी हुने विश्वास लिइएको छ ।
ना का बजार बजार ब्यबस्थापक संयोजक शैलेन्द्र राउतले ब्यबसायिक प्याराग्लाइडिङ उडानलाई शुरक्षित, ब्यबस्थित तथा उपभोक्तामुखी बनाउन महत्वपूर्ण भूमिका हुनेछ । “प्राधिकारिक संस्था भएपछि कम्पनी नविकरण, स्विकृती र खारेजी समेतको अधिकार हुने छ भने पाइलटहरुको अस्थायी उडान अनुमतीपत्र पनि १५ दिन भित्र स्थायी हुने” राउतले बताए ।
नाले पोखराका ६५ भन्दा बढी ब्यबसायिक प्याराग्लाइडिङ कम्पनी र ३ सय ५० भन्दा बढी पाइलटहरुको नेतृत्व गर्दै आइरहेको छ । अहिले पोखरामा अस्थायी लाइसेन्स भएका करिब २ सय ७५ जना पाइलट रहेका छन ।