
पोखरा स्पोर्टस । पोखरामा मंगलवार भएको प्याराग्लाइडिङ दुर्घटनामा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ ।
नेपाली सेनाबाट प्याराग्लाइडिङको नियमित प्रशिक्षणमा रहेका सेनाको जवान राजाराम मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । करिव सवा २ वजे भएको दुर्घटनामा कालिजङ्ग गणमा कार्यरत वर्ष २३ का मगरको उद्धार पश्चात पोखरा ११ स्थित रानीपौवाको नेपाली सेनाको अस्पतालमा पुर्याइपनि उपचारको क्रममा साँझ करिव सवा ५ बजे निधन भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवाश हमालले जनाए ।
दुर्घटना लगतै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उनलाई उद्धार गरेको थियो ।
Aha Rara Advt

