‘केन्दो’ खेलको डेमोस्ट्रेसन, केन्दो संघ कास्कीको अध्यक्षमा रिमाल

पोखरा, १३ असोज।
जापानीज खेल केन्दोको बारेमा पोखरामा जानकारिमुलक डेमोस्ट्रेसन शनिबार सम्पन्न गरिएको छ ।

कार्यक्रममा अमित कुमार चौधरी, सैलेन्द्र कार्की, दिपेश डंगोल, विवेक केसी, कमला लामाले केन्दो खेलको जानकारी सहितको डेमोस्ट्रेसन देखाएका थिए ।

सोहि कार्यक्रमकाबिच महेश्वर रिमालको अध्यक्षतामा कास्की जिल्ला स्तरिय नेपाल इआइदो एण्ड केन्दो संघ गठन गरिएको छ ।

जसको प्रथम उपाध्यक्षमा दीपक तिमिल्सिना, द्धितिय उपाध्यक्षमा जित बहादुर थापा गोपाल, सचिवमा शंकर पाण्डे, सहसचिवमा जनक कार्की, कोषाध्यक्षमा अनुप बराल, सह–कोषध्यक्षमा सरस्वती गिरी रहेका छन् ।

त्यसै गरि सदस्यमा ऋषिकान्त पराजुली, कृष्ण बहादुर कार्की, रजनी कोइराला, राजकुमारी थापा, राजन आचार्य, आर्दश घिमिरे र राजेश ढुङ्गाना चयन भएका छन् । यसैगरी सल्लाहकारमा दीपक गोदार, सन्तोष घिमिरे, विधान गौतम, बालकृष्ण बराल र राजाराम पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close