
पोखरा, ८ असौज ।
शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार तेश्रो दिनको खेल जारी रहँदा आर्दश यूवा क्लब, काजी पोखरी, एलजी एशोसियसन, एम १२, मिलन टोल र चैट–चैट– चैट क्लब बिजयी भएका छन ।
सोमबार सम्पन्न खेलहरुमा आर्दश यूवा क्लब भण्डारढिकले विष्णुपादुकालाई ३–० गोलले पाखा लगायो । आर्दशको जितमा अर्जुन राना मगरले दुइ र संजिब गुरुङले एक गोल गरे । यसै गरि काजी पोखरीले भिमकाली यूवा क्लबलाई २–१ गोलले पराजित गरेको छ । काजी पोखरीको जितमा मिलन गुरुङ र कृष्ण गुरुङले १-१ र भिमकालीका तर्फ बाट अबिश गुरुङले एक गोल फर्काए ।
जारी प्रतियोगितामा एलजी एशोसियसनले ढुङे साँघु एफसीलाई २–० ले जितेको छ । एलजीका लागि रमेश मगर र सुलेमान मगरले गोल गरे । यता एम–१२ क्लबले चापापानीलाई २–१ गोलले जितेको छ । जितका लागि सञ्जय जलारी र अबिनाष तामाङले समान एक–एक गोल गरे भने चापापानीका लागि बिधान कार्कीले एक गोल गरे ।
यसै गरि अर्को एक प्रतियोगितामा आयोजक शितल ज्योती यूवा क्लब मिलन टोलले १–० गोलले स्तव्ध पारेको छ । मिलन टोलका लागि इन्द्र दुराले एक गोल गरेका थिए । यसै गरि काजी पोखरीको चैट–चैट– चैट क्लबले नेपाल मुस्लिमलाई ३–० गोलले पाखा लगाएको छ । चैट–चैट– चैटका लागि खेम गुरुङ, विश्व थापा र तोरण गुरुङले समान एक–एक गोल गरे ।
प्रतियोगितामा फेदी एफसीलाई मिलन टोल एफसीलाई २–१ ले हरायो । फोदीका लागि प्रेम छन्त्याल र बिकास गुरुङले एक–एक गोल गरे भने मिलन टोलका लागि सूर्य गुरुङले एक गोल फर्काए । यसै गरि दोव्रे एफसीले प्रगती युनाइटेडलाई टाइ ब्रेकरमा ३–२ ले पराजित ग¥यो भने एलजी एकेडमीले एन्फा एकेडमीलाई १–० ले पाखा लगायो । एलजीका लागि बिशन गुरुङले एक मात्र बिजयी गोल गरे ।
“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा करिब ४८ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।
पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।
यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन । क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा हरेक बर्ष प्रतियोगिता आयोजना गरिन्छ ।