नेपाली तेक्वान्दो टोली मलेसिया प्रस्थान

पोखरा, २ साउन । सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सुजन घर्ती मगर, एलिशा सुनुवार, अभिषेक कट््वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आश्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, रोकश गुरुङ, कृतिक भण्डारी र निर्मल लामा रहेका छन् ।

टोली प्रमुखमा कुमार लामा घिसिङ, व्यवस्थापकमा महेश्वर नेपाल तथा प्रशिक्षकमा बब्लु सिवाकोटी र बलराम कार्की छन् ।

जुलाई १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद््का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close