
काठमाडौ, २५ पुस ।
गोर्खा ट्रेल ब्लेजर– २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङ जाँदैछिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन् । टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।