गण्डकी प्रदशस्तरीय सेपाक ताक्रो : सबै इभेन्टमा नवलपुरको कब्जा

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रो महिला/पुरुष प्रतियोगितामा नवलपुरले कब्जा जमाएको छ । नवलपुरले महिला/पुरुष रेगु तथा क्वाड इभेन्ट दुबैतर्फ उपाधी जित्दै कब्जा जमाएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य तथा गण्डकी प्रदेश सेपाक ताक्रो संघको आयोजनामा बिहिबार सम्पन्न प्रतियोगितामा महिला रेगुमा नवलपुर जिल्ला पहिलो हुदा कास्की उपविजेता तथा म्याग्दी र स्याङजाले तेस्रो स्थानमा चित्त बुझाएका छन् । यस्तै रेगु पुरुषतर्फ नवलपुर पहिलो भयो भने तनहुँ उपविजेता बनेको छ । त्यस्तै कास्की र बाग्लुङ तेस्रो भएका छन् ।

यता क्लाड इभेन्टतर्फ महिलातर्फ नवलपुर पहिलो, तनहुँ दोस्रो र गोर्खा तेस्रो भएको छ भने पुरुषतर्फ नवलपुर, तनहुँ र कास्की क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा नवलपुर, गोर्खा, तनहुँ, कास्की, स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका गरी ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।

बिजेता टिम तथा खेलाडीहरुले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

यसै बीच, संघले सेपाक ताक्रो खेलमा उत्कृष्टता हासिल गर्ने दुई जना खेलाडीलाई जनही नगद रु ५–५ हजारका साथमा सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा पदम बहादुर ठाडा मगर र निरु थापा मगर रहेका छन् ।

समापन कार्यक्रम गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले प्रतियोगिता सफला बनाउन भूमिका खेल्ने प्रदेश खेलकुद परिषद, निर्णायक एवं सम्पूर्ण सहयोगीहरु प्रति आभार प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close