इन्टर मियामी लिग कपको फाइनलमा

पोखरा स्पोर्ट्स । इन्टर मियामी लिग कपको फाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिग कपको फाइनलमा पुगेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने एक गोल टेलास्को सेगोभियाले गरेका थिए ।

त्यस्तै ओर्लान्डोका लागि एक गोल मार्को पासालिकले गरेका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा डेभिड ब्रेकालोले रातो कार्ड पाएपछि ओर्लान्डो सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब इन्टर मियामीले एलए ग्यालेक्सी र सीटल सोन्डर्स एफसीसँगको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल ३१ अगस्तमा हुने छ ।

यो लिग कपको पाँचौं संस्करण हो भने इन्टर मियामीले २०२३ को लिग कप जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close