डेभिस फल यूबा क्लबको अध्यक्षमा खेमराज निर्वाचित

पोखरा, २८ बैशाख । डेभिस फल यूवा क्लबको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले खेमराज बराल (पूष्प) लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

साधारण सभाले क्लबको प्रथम उपाध्यक्षमा कमल कुमार भूजेल, द्वितिय उपाध्यक्षमा बिनम गुरुङ, महासचिबमा दिपक सुबेदी, सचिबमा बिमल अधिकारी र कोषाध्यक्षमा प्रकाश चन्द्र पौडेललाई निर्वाचित गरेको छ ।

त्यसै गरि आशा सेन, खुमा कुमारी खाँड ठकुरी, बेद बहादुर थापा, गणेश घर्ती क्षेत्री र पदम बहादुर ठकुरी कार्यसमिती सदस्यमा निर्वाचित भएका छन ।

क्लबमा सचिबको जिम्मेबारी पाएका बिमल अधिकारीले क्लबले यूबाहरुका लागि विशेष गरि खेलकुद, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु, पेशागत तालिमहरुका कार्यक्रमहरु अगाडी बढाउने बताए ।

यस अघि ११ औं साधारण सभाको उद्घाटन पोखरा महानगर पालिका वडा नं १७ का अध्यक्ष तिर्थ अधिकारीले एक समारोहका विच गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close