केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : आर्मीलाई उपाधि जित्न १३६ रनको लक्ष्य

पोखरा स्पोर्टस । विभगिय टोली नेपाल आर्मीले प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटमा उपाधिका लागि १३६ रनको लक्ष्य पाएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगितामा टस जितेर ओपनिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनाएको हो । मधेशका लागि सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको व्यक्तिगत योगदान दिए । ओपनर हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्काको मद्धतले २७ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए ।

त्यस्तै अकौ ओपनर अनिल शाह एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहव आलमको वलमा आउट भए । उनले ८ रनको योगदान दिंदा ३ रन बनाएका मयन यादव समेत शाहवकै बलमा बोल्ड भए । ९ रन बनाएका पवन सराफ विवेक यादवको बलमा आउट भए । १४ रन जोडेका हिमासुं दत वसिर अहमदको बलमा बोल्ड हुँदा १० रनको व्यक्तिगत योगादन दिएका विशाल शुसलिङ विवेक यादवको बलमा बोल्ड हुन पुगे । रुपेश सिंह यादवकै बलमा डक आउट हुँदै पेभिलियन फर्किए । प्रदिप पासवनले ४ रन बनाए ।

यो समाचार तयार पार्दा आर्मीले जवाफी पारी सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close