एसियाड र काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि संघले खेलाडी खोज्दै

पोखरा स्पोर्टस् । नेपाल भलिबल संघले खुल्ला रुपमा पुरुष भलिबल खेलाडी छनौटका लागि खुल्ला आह्वान गरेको छ । संघले एक सूचना प्रकाशित गरी राष्ट्रिय पुरुष टिम छनौटका लागि खुल्ला आह्वान गरेको हो ।

चिनको होङझाउमा आगामी सेप्टेम्वर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुद र किग्रीस्तानमा जुन १६ देखि २५ सम्म आयोजना हुने काभा मेन्स नेसन्स् लिगका लागि संघले सूचना प्रकाशित गरेको हो ।

वैशाख २०, २१ र २२ गते हुने छनौटका लागि संघले विभिन्न प्रदेश, जिल्ला र क्लवका खेलाडीहरुलाई सहभागिताका लागि आग्रह गरेको छ । छनौट प्रक्रिया राष्ट्रिय खेलकुद परिसरको कभर्डहलमा आयोजना हुने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close