गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन र महासचिवमा टहल सिंह

पोखरा स्पोर्टस् । गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन गुरुङ र महासचिवमा टहल सिंह थापा मगर निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा शुक्रबार सम्पन्न चौथो अधिवेशनले अध्यक्ष नविन र महासचिव टहल सिंह सहित सम्पूर्ण कार्यसमिति आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको हो । निर्वाचित दुबै जना स्याङजाका हुन् । यस अघि नविन संघको उपाध्यक्ष थिए भने टहल सिंह भलिबलका एसियन भलिबल रेफ्री समेत हुन् । यसै गरी उपाध्यक्षमा पर्वतका हरि कुमार श्रेष्ठ, सचिवमा याम बहादुर पोवी ‘यामु’ बागलुङ र कोषाध्यक्षमा जिवननाथ भण्डारी कास्की निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजकुमार गुरुङले जानकारी दिए ।

कार्यसमितिको सदस्य पदमा कमला श्रीष बागलुङ, राजेन्द्र जिसी कास्की, रमेश श्रेष्ठ कास्की, नौराज गुरुङ लमजुङ, टुकराज गुरुङ तनहुँ, राजेन्द् बम नवलपुर, राज बाबु श्रेष्ठ गोरखा र गंगा केसी म्याग्दी निर्वाचित भएका छन् । प्राविधिक समितिको संयोजकमा नारायण बहादुर भण्डारी कास्की र रमेश केसी स्याङजा निर्वाचित भए ।

यस अघि उक्त अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । सो अवसरमा मन्त्री गुरुङले भलिबल खेलका लागि योगदान दिने शुभकन्या गुरुङलाई सम्मानपत्र द्वारा सम्मान समेत गरे ।

उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्मा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरि प्रसाद पराजुली, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, नेपाल भलिबल संघका केन्द्रिय सदस्य श्रीधर शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका कास्कीका अध्यक्ष राजन पौडेल, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, खेलकुद पत्रकार मञ्चका अध्यक्ष दिननाथ बराललगायतले प्रदेशको खेलकुद विकासका लागि सबैले मिलेर कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रम संघका निवर्तमान अध्यक्ष छ्याम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष नविनबारे

भलिबलका उर्जावान ‘नविन’ प्रदेश नेतृत्वका लागि अघि सर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close