
पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको छाता संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले १७ औं एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
प्रत्येक वर्ष खेलाडीहरुलाई प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गर्न आयोजित उक्त अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको हो । संघका महा–सचिव शिवसुन्दर गोथेले विज्ञप्ती मार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिंदै सफल बनाउन सबै संग आग्रह गरेका छन् ।
१७औं एनएनआइपिए अवार्ड विगत वर्षको उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका तथा नेपाल ओलम्पिक कमिटीबाट आधिकारिक प्राप्त सम्बन्धित २७ संघहरुले सिफरिस गरेका खेलाडीहरुलाई सम्मान गरिने जनाएको छ ।
कार्यक्रममा सम्मान हुने विधाहरु
– २७ खेल मध्येका उत्कृष्ट खेलाडी पुरस्कार अवार्ड रु. १०,०००
– उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी सम्मान पत्र सहित नगद रु.१,००,०००
-एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मान सम्मान पत्र सहित नगद रु.५०,०००
-एक पुरुष र एक महिलालाई उदियमान खेलाडी सम्मान सम्मान पत्र सहित नगद रु.५०,०००
– एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान पत्र सहित नगद रु. ३५,०००
-एक खेल पत्रकारलाई एन. एन.आई.पी ए. खेल पत्रकारीता पुरस्कार सम्मान पत्र सहित नगद रु २५,०००
– एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान अवार्ड सहित नगद रु. १०,०००
