भलिबलका उर्जावान ‘नविन’ प्रदेश नेतृत्वका लागि अघि सर्दै

पोखरा स्पोर्टस । नेपालको राष्ट्रिय भलिबल खेल । राष्ट्रिय खेल भलिबल लोकप्रिय छ । त्यो हुनुमा यसले इतिहास मात्रै कोरेको छैन धेरै युवाहरुको पसिनाले नेपाली धर्ती सिंचित समेत छ । त्यस्तै भलिबलमा आफ्नो तिन दशक पसिना सिंचित गर्ने व्यक्तित्व हुन् नविन गुरुङ ।

४६ वर्ष अघि वुवा ओल बहादुर र आमा औमाया गुरुङका माइला छोराको रुपमा स्याङजाको विरुवा गाउँ पालिका वडा नं ७ मा जन्मिए नविन । १५ वर्षको कलिलो उमेरमा आफ्ना दाईहरुको लह–लहैमा भलिबलमा छिरे । तत्कालिन समयमा भलिबल विद्यालय देखि हरेक ठाउँमा सर्वाधिक खेलिने खेल थियो । उनी विद्यार्थी जिवनमा नै भलिबल अङ्गाले । जुन आज पर्यन्त जारी छ ।

खेलाडीहरुलाई पलायन हुनबाट रोक्न रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने कुरामा जोड दिन्छन् नविन । उनले प्रदेशका ११ वटै जिल्ला, गाउँपालिकाहरु, नगर पालिकाहरु, वडाहरु, विद्यालयहरु समन्वय गर्दै खेलाडी उत्पादन संगै रोजगारका अवसरका लागि समेत उत्तिकै जिम्मेवारी साथ खेलाडीहरुको हितमा काम गर्ने आफ्ना् प्रतिवद्धताका साथ आफ्नो योजनाले मूर्तरुपमा पाउनेमा विश्वस्त छन् । “एक राम्रो खेलाडीले आफ्नो प्रदेशको मात्र नभई देशको प्रतिनिधित्व गर्छ भन्ने कुरा आत्मसात गराउन आवश्यक छ भने भलिबल खेलमा खेलाडीको मात्रै नभई उनीहरुको परिवारको समेत जिवन शुरक्षित छ भन्ने भावना जगाउनु छ,” उनी थप प्रष्ट पार्दै भन्छन–“भलिबल भित्र रहेका यावत समस्याहरुको समाधान र खेलाडीहरुको हितका लागि पनि मेरो अध्यक्षमा उम्मेदवारी हो ।”

विरेन्द्र शिल्ड, क्षेत्रिय प्रतियोगिता हुँदै राष्ट्रिय खेलाडी समेत हुने उनले अवसर जुराए । तर खेलाडी हुनुको पिडा अनि घरको समस्या कहिल्यै पछि फर्केर हेरेनन् । खेल्दै गए । भलिबललाई जहिले पनि आफ्नो पिडा र समस्याबाट टाढा राखे । १५ वर्ष लगातार खेले । तत्कालिन पश्चिमाञ्चलको भलिबल खेललाई माथी उठाउन आफ्नो यौवन गुमाए । आफ्नो खेल जिवन बारे सम्झिंदै नविन भन्छन्–“२०४७ सालमा विरेन्द्र शिल्ड खेल्दा होस् वा २०५८ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगितामा खेल्दा म जहिले पनि टिम भावनाबाट प्रेरित भएर खेंले न त हारबाट निरास भँए न त जितबाट उन्माद नै । मेरो जिवनको अनुशासनको बाटो कोर्ने भलिबल नै हो जुन आज पर्यन्त जारी छ ।”

क्षेत्रिय भलिबलको उपाध्यक्ष समेत रहेका नविनको योजना गण्डकी प्रदेशमा आफ्नै एकेडेमी निर्माण गर्नु हो । आफ्नो लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारीको तयारीमा जुटेका उनी भन्छन–“गण्डकीले सिपोरा, मञ्जु, अरुणा, सरस्वती जस्ता खेलाडीहरु फेरी जन्माउनु छ चाहे राज्यले सहयोग गरोस वा नगरोस् मेरो आफ्नो व्यक्तिगत लगानीमा भए पनि महिला र पुरुष दुवैको शसक्त टिम तयार गर्नुछ हाम्रो भलिबलको उर्वरा भूमीलाई पुनः सिचिंत गर्नुछ ।”

हरेक नेपाली यूवाहरु जस्तै नविनले आफ्नो कर्म थलो विदेश रोजे । तर उनले जहिले पनि भलिबल नै सम्झिरहे । विदेशबाट आफूले कमाएको केही रकमबाट आफू संग खेल्ने सहपाठी हुन् वा जुनियर खेलाडीहरुलाई प्रोत्सहान गर्न तिर लागे । कहिले खेल सामाग्री त कहिले नगद नै पठाएर भलिबल खेल्न र आयोजना गर्न प्रेरित गरिरहे । उनले ठाने आफू विदेश बसे पनि यो क्षणिक हो कुनै दिन स्वदेश फर्किनु छ अनि भलिबल विकासका लागि काम गर्नुछ । उनले टाइगर ग्रुपद्वारा आयोजित पहिलो संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगितामा संयोजकको भूमिकामा रहेर भव्यरुपमा सम्पन्न गर्न भूमिका खेले । चाहे गाउँमा आयोजना हुने वडास्तरिय, गाउँस्तरिय वा विद्यालयस्तरिय भलिबल प्रतियोगितामा सबैमा उनले सहयोगको हात बढाए ।

यति बेला पश्चिमाञ्चल (गण्डकी प्रदेश)को भलिबल खेल खस्किएकोमा नविन चिन्ता व्यक्त गर्छन् । एकातिर संघको निर्वाचन जारी छ अर्को तिर भलिबललाई उच्च रुपमा डोर्‍याउने नेतृत्वको समेत खाँचो छ । नविन गण्डकी प्रदेशको भलिबललाई पूर्ववत अवस्थामा फर्काउन आफ्नो नेतृत्व आवश्यक छ भन्ने कुरालाई टुङ्गोमा पुर्‍याउन चान्छन् । उनी भन्छन–“हाम्रो प्रदेशको भलिबल हिजोको जस्तो छैन । न त महिलाको न त पुरुषको । यो हामी सबै भलिबलमा केही गर्नुपर्छ भन्नेहरुका लागि चिन्ताको विषय हो । म सबैको भावनालाई समेट्दै प्रदेश अध्यक्षमा उम्मेदवारी दिने तयारीमा मात्रै छैन विशेष योजनाका साथ अगाडी आउँदैछु ।”

क्षेत्रिय भलिबलको उपाध्यक्ष समेत रहेका नविनको योजना गण्डकी प्रदेशमा आफ्नै एकेडेमी निर्माण गर्नु हो । आफ्नो लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारीको तयारीमा जुटेका उनी भन्छन–“गण्डकीले सिपोरा, मञ्जु, अरुणा, सरस्वती जस्ता खेलाडीहरु फेरी जन्माउनु छ चाहे राज्यले सहयोग गरोस वा नगरोस् मेरो आफ्नो व्यक्तिगत लगानीमा भए पनि महिला र पुरुष दुवैको शसक्त टिम तयार गर्नुछ हाम्रो भलिबलको उर्वरा भूमीलाई पुनः सिचिंत गर्नुछ ।”

खेलाडीहरुलाई पलायन हुनबाट रोक्न रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने कुरामा जोड दिन्छन् नविन । उनले प्रदेशका ११ वटै जिल्ला, गाउँपालिकाहरु, नगर पालिकाहरु, वडाहरु, विद्यालयहरु समन्वय गर्दै खेलाडी उत्पादन संगै रोजगारका अवसरका लागि समेत उत्तिकै जिम्मेवारी साथ खेलाडीहरुको हितमा काम गर्ने आफ्ना् प्रतिवद्धताका साथ आफ्नो योजनाले मूर्तरुपमा पाउनेमा विश्वस्त छन् । “एक राम्रो खेलाडीले आफ्नो प्रदेशको मात्र नभई देशको प्रतिनिधित्व गर्छ भन्ने कुरा आत्मसात गराउन आवश्यक छ भने भलिबल खेलमा खेलाडीको मात्रै नभई उनीहरुको परिवारको समेत जिवन शुरक्षित छ भन्ने भावना जगाउनु छ,” उनी थप प्रष्ट पार्दै भन्छन–“भलिबल भित्र रहेका यावत समस्याहरुको समाधान र खेलाडीहरुको हितका लागि पनि मेरो अध्यक्षमा उम्मेदवारी हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close