पोखरा म्याराथन मार्फत यूवा धावक उत्पादन गर्न यूके बाट ‘च्यारिटी’

केशब पाठक,
पोखरा,
पोखरा म्याराथन मार्फत यूवा धावकहरु उत्पादन गर्न यूकेका सामाजिक अभियान्ता योगेश गुरुङले यूके बाट पहल थाल्ने बताएका छन ।

पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सामाजिक अभियान्ता गुरुङको सम्मानमा बिहिबार पोखरामा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

मंचले आयोजना गरेको १३ औं म्याराथनमा समेत आफू सहभागि भएको बताउँदै गुरुङले अब पोखरा म्याराथनमा च्यारिटी मार्फत यूवा धावकहरु उत्पादन गर्न अक्षय कोष बनाउने आफ्नो योजना सुनाए । उनले भने–‘अहिले देखिनै १६ वर्ष मुनिका खेलाडीलाई उचित पुरुस्कार दिएर हौसला बढाउन आवश्यक छ’ उनले थपे–‘भविष्यमा लण्डन म्याराथन सम्म ‘कम्पिट’ गर्ने धावक पोखरा म्याराथन मार्ग चित्र बन्न सकोस ।’

अक्षयकोष बाट बार्षिक रुपमा प्राप्त हुने ब्याज बाट १६ वर्ष मूनिका यूवा धावकहरुलाई आर्कषित गर्न च्यारिटी मार्फत पुरुस्कार व्यवस्था गर्न आफूले पहल सुरु गर्ने सामाजिक अभियान्ता गुरुङले बताए । ‘नेपाली माटोले मलाई धेरै थोक दिएको छ’ भन्न रुचाउने उनी पोखरा २२ भूम्दीकोट स्थायी घर भई हाल साउथ इष्ट लण्डनमा बस्ने बेलायती सेनाका सेवानिर्वित समेत समेत हुन । उनले यूवा खेलाडीलाई विश्व खेलकुदका रंगमचमा पहिचान दिन आवश्यक रहेको बताउँदै भने–‘म प्राय जसो लण्डन म्याराथन सहभागी हुन्छु मलाई त्यहाँ हाम्रो पोखराका धावकहरु प्नि सहभागि भइदिए भन्ने कुरा संधै मनमा खेलिरह्यो ।’

डायमण्ड वुद्धिस्ट सेन्टर यूकेका महासचिब समेत रहेका गुरुङले आफूले संधै विश्वमा शान्ती होस भन्ने कामना गरेकोले पनि खेल मार्फत शान्ती प्राप्त गर्न र सन्देश फैलाउन सहज हुने बताए । पोखरा म्याराथन मार्फत भगवान वुद्धको शान्तीको सन्देश फैलाउन उनले मंचलाई आग्रह समेत गरे । ‘खेल क्षेत्र संधै फराकिलो सोचका साथ अगाडी बढ्नु पर्छ तब मात्रै खेलकुद मार्फत गरिने सन्देश प्रभावकारी हुन्छ’ उनले भने–‘यूवा खेलाडी मर्फत खेलकुदको जग बलियो बनाउने र दिगोपन बनाउने अभियानमा पोखरेली हुनुको नाताले मेरो भूमिका रहनेछ ।’

सामाजिक अभियान्ता गुरुङ यूकेको प्रतिष्ठित संस्था तुमधिं यूकेका सल्लाहाकार, सहारा यूकेका कार्यसमिती सदस्य भूम्दीकोट यूकेका सल्लाहाकार तथा बिकास निर्माण निर्देशक समेत रहेर काम गरिरहेका छन ।

सामाजिक अभियान्ता गुरुङलाई मंचका अध्यक्ष तेज गुरुङ, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, संस्थापक अध्यक्ष खडग रानाभाट, महासचिब खेम गुरुङ लगाएतले स्वागत गरेका थिए । १४ औं सस्करणको पोखरा म्याराथन आगामी फागुन ३ गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close