
पोखरा स्पोर्टस । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकपमा मछिन्द्र फुटबल क्लव काठमाडौ विदेशी टोली अफ्रिकन रुट एसोसियसन संग स्तव्ध बनेको छ ।
पोखरा रंगशालामा आइतबार दिउसो भएको दोश्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित हुँदा स्तव्ध बनेको हो । जित सँगै अफ्रिकन रुट सेमिफाइनलमा पुगेको छ ।
अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले समान १–१ गोलको योगदान दिए । जारी खेलमा पहिलो हाफको ३५औं मिनेटमा मौसाले गोल गर्दै एसोसिएटलाई अग्रता दिलाउँदै मछिन्द्रलाई दवावमा राखेका थिए । खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले अर्को गोल थप्दै टिमको अग्रतालाई २–० पुर्याएका थिए ।
मछिन्द्रका तर्फबाट अभिषेक रिजालले एक गोल फर्काए । खेलमा थपिएको इन्जुरी समयमा अभिषेकले एक गोल गर्दै मछिन्द्रको खाता खुलेका थिए । अभिषेकलाई सहारा क्लवले उद्घाटन खेलमा उत्कृष्ट खेलाडीको रुपमा सम्मान समेत गरेको थियो ।
खेलको अफ्रिकन रुटका मौसा म्यान अफ दि म्याच भएका थिए । सोमबार दिउसो २ः०० बजे संकटा र मनाङ मर्स्याङदी भिड्ने छन ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । तस्विरः राम गुरुङ
Aha Rara Advt

