साउथ अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित

पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि ३ विकेटको जित हासिल गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । अब नेपालले आजै केहि बेरमै साउथ अस्ट्रेलियासँग दोस्रो टी-२० खेल खेल्ने तालिका रहेको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close