ऐतिहासिक टुडिखेल मैदानले पाउला त नयाँ स्वरुप ?

केशब पाठक,
पोखरा, १२ पुस ।
पोखरा महानगरपालिका बगर स्थित टुडिखेल मैदान यस क्षेत्रको ऐतिहासिक खेल मैदानका रुपमा चर्चित छ । कुनै बेला पोखराको हाट मेला बजार भर्ने ठाउँको रुपमा परिचित यो खेल मैदान पछिल्लो समयमा आएर धुले मैदान बन्न पुगेको हो । तर अब टुडिखेल मैदानले बगर भाइखलक संस्थाको पहलमा नयाँ स्वरुप पाउने भएको छ ।

चारैतिर खुल्ला र बगर स्थित एतिहासिक विद्यालय राष्ट्रिय मावीले चर्चेको यो मैदान दशैं तिहारमा च्याङग्रा खरिद विक्री गर्ने ठाउँको रुपमा समेत चिनिन्छ भने पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजनागर्ने एट ए साइड फुटबल आयोजना पछि त झनै चर्चामा छ । तर अब यो खेल मैदानलाई जर्गेनागर्न यहाँका स्थानियहरु कस्सिएर लाग्न थालेका छन । विद्यालयका करिव २ हजार विद्यार्थी तथा स्थानियहरुले समय विताउने खेल्ने यो मैदान अशुरक्षित हुन थाले पछि स्थानियहरु चिन्तित रहेका थिए ।

एट ए साइड फुटबल आयोजनाले अब देश र विदेशीका भेट्रान्स चर्चित फुटबल खेलाडीहरु आफ्नो पुरानो पौरख देखाउन वर्षमा एक पटक यहाँ आइ पुग्छन भने यो मैदानले देशका चर्चित फुटबलरहरु समेत जन्माई सकेको छ । पोखराको जनसंख्याको बढ्दो क्रम संगै यो मैदान पनि पटक–पटक अतिक्रमणको चेपुवामा पर्दै गएको छ । व्यक्तीले मात्र नभई राज्यले समेत वडा प्रहरी कार्यालय स्थापना गरेर यसलाई अतिक्रमण गरेको हो ।

स्थानिय बासिन्दा यो खेल मैदान संरक्षण गर्न जुटे पछि पहिलो पटक यसको महत्वलाई बुझ्दै यूवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक १५ लाख रुपैयाँ निकासा दिने भएको छ । राष्ट्रिय खेलकुद परिषद मार्फत जिल्ला खेलकुद बिकास समितीले उपलव्ध गराउने १५ लाखले यसको संरक्षणका लागि पहिलो चरणको काम सुरु गरिने बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले बताए । “यो एतिहासिक खेल मैदानको महत्वका हिसाबले पनि संरक्षण गर्नु पर्ने हामी सबैको दायित्व थियोे” अध्यक्ष गुरुङ भन्छन “पहिले पटक हाम्रो आवाज कुनै सरकारले सुनिदिएको भान भएको छ हामी खुसी छौं ।”

राजय बाट प्राप्त हुने १५ लाख खासै ठूलो रकम नभए पनि राज्यको आँखा यो मैदानमा पर्नु र रकम समेत निकासा हुनुले स्थानिय मात्र नभई सबै पोखरेलीका लागि गौरबको विषय भएको जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए । “हाम्रो ठूलो प्रयास पछि १५ लाख आएको छ हामी यसको खर्च पनि त्यही ढङले गर्छौ र मैदानको संरक्षण गर्छौ” अध्यक्ष गुरुङले भने । प्राप्त १५ लाख खर्च गर्नका लागि यथासिघ्र उपभोक्ता समिती गठन गरेर अगाडी बढ्ने कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close