भलिबल पुरुष : पुलिसको विजयी सुरुवात

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुवात गरेको छ । साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र वाग्मतीबीच हुने छ ।

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णाली सहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close