तेक्वान्दो टोली बैंकक जाने

काठमाडौ १४ असार
चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।

जुन ३० देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा पशुपति खरेल, साजन तामाङ, राजन मल्ल, सुचित पाण्डे, रोहितबहादुर मगर, निजल थापा, सलिन बानियाँ र दीपेश कँडेलले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा हरि थापा तथा व्यवस्थापकमा मुन्नाविक्रम खाती रहेका छन् ।

टोलीलाई राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close