
पोखरा, पोखरा प्रिमियर लिग (पिपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार धनगढी ब्लुज र बुटबल व्लाष्टरले आ–आफ्ना खेल जितेका छन ।
दोश्रो दिन पूर्वान्हमा सम्पन्न पहिलो खेलमा धनगढीले बिराटनगर टाइटान्स माथी झिनो रन ५ रनले जित दर्ता गर्यो । ११८ रनको लक्ष्य पछ्याएको बिराटनगर २० ओभरको खेलमा ९ बिकेटको क्षतीमा ११२ रनमा रोकियो ।

विराटनगरको कप्तानी सम्हालेका प्रदिप ऐरीको टिम धनगढी संग दोश्रो पारि खेल्न आए संगै संकटमा पर्यो । दुबै ओपनर व्याट्स्म्यान दिलिपनाथ र महमद आलम शुन्य रनमानै पेभिलिएन फर्केपछि दवावमा परेको थियो । राजु रिजालले २२ वलमा २५ रन, सुनिल धमलाले २१ वलमा १८ रन र पुनित मेहराले १८ बलमा १५ रन बाहेक अन्यले खासै रन जोड्न सकेनन । कप्तान प्रदिपले २९ बलमा १० रन मात्रै जोडे ।
धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १९ रन दिएर विराटनगरको ३ विकेट लिए भने सागर ढकालले दुई विकेट लिए ।

यता एक्सपर्ट धनगढीले ११७ रनको पारि खेल्दा श्रीमन्था विजयरत्नेले २५ रन बनाए भने कमल सिंह ऐरीले २६ रन, रोड्रिगो थोमसले १६ रन बनाएका थिए । धनगढीलाई सस्तै रनमा रोक्न शाहब आलमले ३, नोमन खानले २ विकेट हात पारेका थिए ।
सुपर ओभरमा काठमाडौ पराजित
यसै गरि अज सम्पन्न दोश्रो खेलमा काठमाडौ गोल्डेन्स वारियर्सले वुटबल ब्लाष्टर संग आफ्नो खेल गुमाएको छ । उद्घाटन खेलमा पोखरा पल्टन संग हार बेहोरेको काठमाडौले आज टस जितेर पारिको सुरुवात गर्दै पुरै २० ओभर खेलेर ६ विकेटको क्षतीमा १४० रन बनाएको थियो ।
यता १४१ रनको लक्ष्य पछ्याएको बुटबललाई काठमाडौले पुरै २० ओभरमा १४० रनमा रोक्यो । तर खेलको छिनोफानो सुपरओभरमा पुगे पछि वुटबल भाग्यमानी ठहरियो ।

काठमाडौकालागि जय कृष्ण कोल्सावालले २८ रनको पारि खेले उनी सोमपालको सिकार बन्दै पेभिलिएन फर्के । व्याटिङमा उत्रिएका पवन सरार्फले ३ चौका र २ छक्काको मद्धतले ३७ रनको पारि खेल्दै काठमाडौको स्कोरलाई उठाएका थिए । आदिल खानले २३, क्प्तान ज्ञानेन्द्र मल्ल र शुभाष खकुरेलले समान १५ रन बनाए ।
बलिङ तर्फ बुटवलका लागि नितेश थापाले २, हरि चौहान र अबिनाश वोहोराले समान १–१ बिकेट लिए ।
बुटबलका लागि भारतिय खेलाडी हर्ष टोंकले ४५ रन बनाउँदा, शिवम सिंहले ३३ रन र शंकर रानाले २० रन बनाए । काठमाडौका बलर शुभोत भाटी, शुसन भारीले समान २–२ बिकेट हात पारे ।
भोलीको खेल पोखरा पल्टन र चितवन राइनोजका विच हुने क्वीन्स इभेन्टले जनाएको छ । पोखरा पल्टनले एक खेल जितेर लिग तालिकामा आफूलाई उभ्याइसकेको छ भने पूर्व राष्ट्रिय कप्तान पारस खडकाको टिम चितवनले भोली मंगलबार हुने खेलमा आफूलाई कसरी प्रस्तुत गर्छ त्यो भने हेर्न बाँकीनै छ ।
पत्रकार घाइते
पूर्वान्ह भएको खेलमा एक खेल पत्रकार घाइते भएका छन । मिडिय बक्समा बसेर समाचार अपडेट गरिरहेका हाम्रो खेलकुद डटकमका पत्रकार भुपेन्द्र जिशी लागेर बलले घाइते भएका हुन । धनगढीका रोड्रिगो थोमशको छक्का सोझै मिडिया बक्स भित्र रहेका पत्रकारलाई लागेको थियो । उनलाई दायाँ आँखभौमा चोट लागेको थियोे ।
तस्बिरः सुदर्शन रंजित
