ओलम्पिक डेको अवसरमा स्क्वास सुरु

पोखरा स्पोर्टस । ओलम्पिक डे स्क्वास प्रतियोगिताको बुधबार पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई ११–१, ११–२, ११–३ ले हराउँदै विजयी सुरुआत गरेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि आआप्mनो खेल जितेर अर्को चरणमा पुगेका हुन् । अमिरले रिद्धि शाक्यलाई ११–१? ११–४, ११–३, विनोदले राज महर्जनलाई ११–६, ११–४, ९–११, ११–५, उमितले मित्र गुराउलाई ११–४, १२–१०, ११–३, दिपकले दिलिप नाथ अधिकारलाई ९–११, ११–८, ९–११, ११–४ र ११–५, प्रवीणले अनिल वज्राचार्यलाई ११–५, ११–५, ११–६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११–७, ११–९ र ११–४ ले हराए । शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।

५० वर्षमाथिको भेटरान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११–७, ११–५, ११–५, दिलिप अधिकारीले अजय सिम्हलाई ११–९, १५–१३, ११–३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०–१२, ११–९, ११–८, ११–१, विदुर धमलाले रोविन शाक्यलाई १३–११, ६–११, १३–११, ८–११, ११–७ र विनोद शाक्यले रत्न महर्जनलाई ११–२, ११–३ र ११–४ ले पराजित गरे ।

यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा स्क्वास संघले सञ्चारकर्मी प्रज्ज्वल शाक्यलाई मिडिया सल्लाहकारमा मनोनित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close