सहाराले भूकम्प प्रभावितलाई ५५ हजार सहयोग गर्ने

पोखरा स्पोर्टस । सहारा क्लव पोखराले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ ।

गत कार्तिक २६ देखि ३० गतेसम्म क्लवले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम सहयोग गरेको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए । नेपालमा हुने यस्ता ठुला विपदसंग सामना गर्न सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई थियो ।

क्लवले आयोजना गरेको ५ दिने देउसी भैलो कार्यक्रमबाट ९ लाख ४८ हजार ६ सय ७५ रुपैया संकलन भएको छ । बचत भएको उक्त रकम सहारा फुटवल एकेडेमीको लागि खर्चिने भएको महासचिव अधिकारीले बताए । एकेडेमीमा हाल १२ जना वालकहरु रहेका छन् ।

क्लवले ३० जना लाई एकेडेमीको व्यबस्थापन गरेको छ भने बाँकी केहीको लागि भर्ना लिने प्रकृयामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close