क्षेत्रिय अध्यक्ष श्रेष्ठले बक्सिङ, महिला फुटबल र बुद्धिचाल खेलाडीलाई बिदाई गरे

पोखरा, २७ चैत । नेपालगञ्जमा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश बाट सहभागी हुन हिंडेको बक्सिङ, महिला फुटबल र बुद्धीचालको टिमलाई पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बिच पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बिदाई गरेका छन ।

सो अबसरमा खेलाडीलाई बिजयी बन्नका लागि शुभकामना दिंदै अनुशासनलाई आत्मसाथ गर्दै खेल्न उनले खेलाडीलाई आग्रह गरे । अनुशासन बिनाको खेलाडी कल्पना समेत गर्न नसकिने बताउँदै अध्यक्ष श्रेष्ठले भने–‘अनुशासन नभएको खेलाडी कहिल्यै पनि राष्ट्रको खेलाडी बन्न सक्दैन ।’

हिँडेको टोली मध्ये बक्सिङ टोलीले नेपालगञ्जमा चैत २९ देखि बैशाख ४ गते सम्म प्रतिष्पर्धामा उत्रने छ । गण्डकी प्रदेश बाट विभिन्न तौल समुहमा ९ पुरुष र ५ महिला खेलाडीले चुनौती पस्कनेछन । बक्सिङ टिमको प्रशिक्षकमा लोक गुरुङ रहेका छन भने टिम ब्यवस्थापकमा राजेन्द्र पाहारी रहेका छन ।

२०७६ बैशाख ४ गते बाट हिँडेको गण्डकी प्रदेशको महिला फुटबल टोलीमा २० सदस्य रहेका छन । १८ खेलाडी सहित टिम प्रशिक्षकमा लाल बहादुर ज्वारचन, सहायक प्रशिक्षकमा दिलिप गुरुङ र टिम ब्यवस्थापकमा बिशाल राजबाहक रहेका छन । महिला फुटबल खेल दाङको बेलझुञ्डी र रुपन्देहीमा हुनेछ । गण्डकी प्रदेश टिम प्रतियोगिता अघि बन्द प्रशिक्षणमा व्यस्त रहनेछ ।

यसैगरि बैशाख ६ गते बाट बर्दियाको ठाकुरद्वारामा शुरु हुने बुद्धीचाल प्रतियोगिताका लागि गण्डकी प्रदेश टिममा ५ पुरुष र ३ महिला सदस्य रहेका छन । जसको टिम म्यानेजरमा अनिल बहादुर कोइराला रहेका छन ।

प्रस्थान गर्नु अघि खेलकुदका पदाधिकारी, कर्मचारी लगाएत अन्य शुभचिन्तकले खेलाडीलाई सामुहिक रुपमा बिदाई गर्दै बिजयी बन्न शुभकामना दिएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close