क्यामरुनको डफिन्स फेमीली टिम पोखरा कपको उपाधी विजेता

पोखरा, २७ माघ ।
पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को उपाधि उचालेको छ ।

पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली फेमेली फुटबल क्लबले उपाधि सहित नगद ७ लाख ५५ हजार हात पारेको छ । प्रतियोगितामा उपविजेता भएको एपीएफले भने ४ लाख ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

फाइनल खेलमा डफिन्सका यानिक ओवानले खेलको ५४ औं मिनेटमा गरेको गोलनै निर्णायक गोल हुन पुग्यो । अरमेल अहण्डाले पोष्टमा प्रहार गरेको बल एपीएफका सन्तोष कटुवाललाई लागेर फिल्क भएको बललाइ म्यान अफ दि म्याच समेत रहेका यान्निकले निर्णायक गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलरक्षक राजु नगरकोटीले घोषित भए । उनले उत्कृष्ट गोलरक्षको उपाधि सहित यामाहाको मोटरसाईकल हात पारे । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर एपीएफका रमेश दंगाल, उत्कृष्ट मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकर डफिन्सका यान्निक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले उपाधि हात पारे । उनीहरुलाई जनही २५ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गरे । जापानको रिस्सो युनिर्भसिटीको टीम अनुशासित टिम घोषित भयो ।

समापन कार्यक्रममा कास्की जिल्लामा फुटबल बिकासमा योगदान दिए वापत मनकामना कपको आयोजक कास्की जिल्ला फुटबल संघले नेपाल सेभेन ए साइड फसटबल महासंघका अध्यक्ष नविन पुनलाई सम्मान गरेको छ ।

त्यस्तै कास्कीको खेलकुद पत्रकारितामा फोटो पत्रकारिताका माध्यम बाट योगदान दिए वापत नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेश कार्यसमिती सदस्य उमेश पुन सम्मानित भएका छन । यसै गरि कास्कीमा रही खेलाडीको रुपमा उत्कृष्ट फुटबल खेल प्रर्दशन गरे वापत उत्तम गुरुङलाई सम्मान गरिएको छ र उनले सम्मान सहित स्कुटर प्राप्त गरे ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ लगाएत विशिष्ट महानुभावको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close