“हामी पोखरामा मनकामना कप जित्न आएका हौं,” रिस्सो यूनिर्भसिटी फुटबल प्रशिक्षक तोकाई

पोखरा, २१ माघ ।
जापान बाट पोखरामा पहिलो पटक फुटबल खेल्न आएको रिस्सो यूनिर्भसिटीका फुटबल प्रशिक्षक तोकाई रिनले आफूहरु मनकामना कप फुटबल जित्न पोखरा आएको बताएका छन ।

जापान स्थित फुटबलको ए श्रेणीको लिगको खेल्न तयारी गरिरहेको उक्त विश्वविद्यालयले मंगलबार नेपालको ए डिभिजन क्लब विभगिय टिम नेपाल पुलिस संग आक्रमक खेल पर्दशन गर्ने प्रशिक्षक रिनले बताए । “हामी खेल्न र सुखद नतिजा ल्याउन ‘मेन्टली’ तयार भएर पोखरा आएका हौं” प्रशिक्षक रिनले भने ।

पोखराको मैदान आफूहरुका लागि निकै नौलो भए पनि फुटबल खेल जहाँ र जस्तो अवस्थामा पनि खेल्न आफ्नो टिम तयार रहेको प्रशिक्षक रिनले बताउँदै भने–“नेपालीहरुको फुटबल प्रेम देखेर छक्क लाग्यो नेपालीहरुको फुटबल प्रतीको माया लोभलाग्दो छ ।”

टिम संगै पोखरा पहिलो पटक आएका विश्वविद्यालयका प्रमुख सुगिता मामोरुले पोखराको प्रकितीले आफूहरुलाई निकै लोभ्याएको बताए । आफ्नो टिम पहिलो पटक पोखरामा खेल्न आएको र सबै दर्शकको माया पाउनेमा विश्वस्त रहेको उनले बताए । पोखरामा आयोजना हुने प्रतियोगितामा निमन्त्रणा आएमा आगामी वर्षहरुमा समेत सहभागितालाई निरन्तरता दिने उनले बताएका छन ।

२० जना खेलाडी र ४ जना अफिसियल सहितको २४ जना सदस्यिय टोली पोखरा आएको हो । उक्त टिमलाई पोखरा सम्म ल्याउन पूर्व राष्ट्रिय खेलाडी एवम जापानको टोक्योमा अवस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक बसन्त गौचनले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन ।

रिस्सो विश्वविद्यालयले नेपाल पुलिस संग प्रतियोगिताको तेश्रो क्वाटर फाइनल खेल खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close