पोखरामा चौथो राष्ट्रिय पुरुष भलिबल सुुरु, उद्घाटन खेलमा एपिएफ बिजयी

पोखरा, १ पुष ।
पोखरामा चौथो राष्ट्रिय बाणिज्य बैंक एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले नयाँ बजार स्पोर्टस क्लब काठमाडौलार्ई २५–२२, २५–२१ र २५–१० को सेटमा पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलीले विजयी शुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गरेको हो । आर्मीले जावलाखेल २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै तीन अंक जोड्यो ।

त्यसै गरि हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंलाई ३– १ को सेटले पराजित ग¥यो । भारतीय दुइ जना खेलाडीलाई प्लेईङ सेटमा मैदानमा उतारेपनि समन्वयको अभावले हेल्प नेपालले २५–१८, १७–२५, २७–२५ र २५–१४ ले जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ ।

त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले मणिमुकुण्द भलिबल क्लब रुपन्देहीलाई सोझो सेटमै पराजित गरेको छ । पुलिसले २५–२०, २५–१२ र २५–२१ ले हराउदै तीन अंक बटुल्न सफल भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रस्थित कोर्टमा संचालन भएको प्रतियोगितालाई मुख्य प्रायोजक संस्था नेपाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले उदघाटन गरेका थिए ।

पुष ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको १ लाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ ।

त्यस्तै उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ भने बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close