
केशब पाठक,
पोखरा, १९ मंसिर ।
पोखरा रंगशाला फुटबल मैदानको बेहाल अबस्थाका बारेमा जती चर्चा गरे पनि कम हुन्छ । यति बेला दुई ठूला फुटबल प्रतियोगिताहरु मुखामुख छन । सहारा क्लबले आयोजन गर्ने आहा रारा र एन्फा कास्कीले पुनः निरन्तरता दिने मनकामना कप । त्यसका अलवा निजी विद्यालयहरुले दिनुह जसो संचालन गर्ने प्रतियोगिताहरु र प्रशिक्षणहरु । अब अर्को ठूलो पर्खाई भनेको १३ औं दक्षिण यशियाली खेलकुदमा आयोजना हुने महिला फुटबल । तर मैदान जिर्ण छ । हेर्ने सबैलाई गिज्जाइरहेको छ । टेण्डर कहिले हुने हो र मैदान बन्ने हो भन्नेमा अझै कहिं कतै टुँगोे छैन । राष्ट्रिय खेलकुद परिषद करिब दुइ बर्ष देखि टेण्डरमा अल्झिइरहेको छ ।
यि सबैलाई छोडेर कास्की जिल्ला फुटबल संघले यति बेला मनकामाना कपका लागि मैदानमा झार गोड्न र रोप्न तिर लागेको छ । दिनहुँ २० जना कामदार लगाएर मैदानको झार गोडन, नयाँ झार उर्मान र माटो हाल्न लागेको हो । मैदानमा झार उर्मान ग्राउण्ड टेक्निकल डाइरेक्टर दिलिप रजक बिहान सवेरै देखि मैदानमा नै काम गरिरहेको भेटिन्छन । त्यसका अलवा कास्की एन्फका अध्यक्ष मिलन गुरुङ सहित पदाधिकारी पनि उत्तिकै तल्लिन छन ।
करिब डेढ महिना अघि देखि एन्फा कास्कीले मैदानको मर्मत थालेको अध्यक्ष मिलन गुरुङ बताउँछन । “अब १५ दिन भित्र हामी नयाँ घाँस रोपी सक्ने छौ” अध्यक्ष गुरुङले भने । कपालमा रौं नभएर तालु खुइलिएको जस्तो देखिने पोखरा रंगशालको मैदानमा नयाँ झार पलाए पछि खेल्न लायक बन्नेमा अध्यक्ष गुरुङ ढुक्क छन । मैदानका लागि बेगनास बाट मात्रै १० ट्रक माटो ल्याइएको छ र भने दुबो पनि ठाउँ–ठाउँ बाट खोजेर ल्याइएको छ । त्यसका अलवा आवश्यक ठाउँमा बालुवा पनि हालिएको छ । यति काम गर्दा पनि ५ लाख भन्दा बढी खर्च भइसकेको गुरुङले बताए । खर्च केही व्यक्तिगत र एन्फा कास्कीले गरिरहेको उनको भनाई छ ।
यता एन्फा कास्कीले मुख्य मैदानको पश्चिम तर्फको प्रशिक्षण मैदानलाई पनि माटो हालेर खेल्न लायक बनाउन लागेको छ । “अब सबै प्रशिक्षण हरु यहि मैदानमा हुनेछन” अध्यक्ष गुरुङले भने । यो मैदानमा तार बार गर्ने र खाल्टो परेको ठाउँमा माटो भर्ने काम पनि भइरहेको छ । यो मैदान तयार गर्न ५ लाख खर्च लाग्ने उनको भनाई छ । यसका लागि एन्फा केन्द्र बाट प्राप्त हुने परियोजना अन्र्तगतको ५ लाख खर्च गरेर ब्यवस्थित बनाइने गुरुङले बताए । “मैदाननै नभए प्रशिक्षण कहाँ गर्ने कहाँ खेल्ने” अध्यक्ष गुरुङ प्रश्न गर्छन “एन्फा कास्कीको पहिलो कक्र्तब्य ठानेर मैदानलाई प्राथमिकता दिएका हौं ।”
एन्फा कास्कीले आफ्नो तर्फ बाट जे गरे पनि पोखरा रंगशालाको निर्माणका लागि परिषदले प्राथमिकतामा राख्नु पर्छ ।अहिले ग्लोबल टेण्डर अन्र्तगत भारतिए कम्पनीलाई टेण्डर परेको छ । तर त्यसको अझै निक्र्यौल हुन बाँकी छ । टेण्डरको अन्तिम प्रक्रिया अन्र्तगत आर्थिक तर्फको खुले पनि अझै अध्ययन हुँदैछ । अध्ययन कहिले सकिने हो कहिले काम शुरु हुने हो त्यो कसैलाई थाहा छैन । यूवा तथा खेलकुल मन्त्रि जगत विश्वकर्माले मन्त्रालयमा फायल मगाएर भए पनि टेण्डरको काम टुङ्गाउने बताएका छन । “अब जति ढिला भयो–भयो अब म काम ढिलो होस भन्ने पक्षमा छँदै छैन” मन्त्रि विश्वकर्माले भने ।