बुटवलमा सुरू भयो राष्ट्रिय हाप्किडो प्रतियोगिता

पोखरा स्पोर्टस । दशौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उपाध्यक्ष आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी उनले नेपालमा हाप्किडो खेलको विकासमा संघ नेतृत्वले खेलेको कदमको पनि सराहना गरे ।

उद्घाटन कार्यक्रममा नेपाल हाप्किडो सघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडोमा आवद्ध हरेक खेलाडीले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा राखेप बोर्ड सदस्य हिमालकुमार श्रेष्ठ, नेपाल हाप्किडो संघका उपाध्यक्ष देवबहादुर कुवँर, महासचिव इन्द्रबहादुर महरा, उपमहासचिव मोहम्मद समिर हुलवाई, सचिव टिकाराम घर्ती मगर, सदस्य खिम पुन मगर र राजेन्द्र मडै, मुख्य प्रशिक्षक प्रविण गुरुङ र रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

कार्यक्रमको नेपाल हाप्किडो संघकी कोषाध्यक्ष विजयाकुमारी वाइवाले सञ्चालन गरेकी थिइन् ।

प्रतियोगितामा ७ प्रदेशका करिब ५ सय खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो ।

दुईदिने प्रतियोगिताले रुपन्देहीका हाप्किडो खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close