
अर्जुन गिरी
भुटान, २१ असोज ।
भुटानमा जारी महिला साफ यू १८ फुटबल प्रतियोगितामा आज (आइतबार) नेपाल टिम बंगालादेश संग फाइनलमा भिड्दै छ ।
नेपाल टिमले पहिलो चरणमा बंगालादेश संगको २–१ गोलको पराजयको बदला लिंदै फाइनलमा उपाधी उचाल्ने दाउमा छ । उपाधीको बलियो दाबेदार मानिएको भारतलाई सेमिफाइन खेलमा पराजित गर्दै नेपालले फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा समुह ‘ए’ को विजेता टिम भारतलाई नेपालले टाइ ब्रेकरमा ३–१ गोल अन्तरले हराएको थियो । भुटान थिम्पुमा रहेको खेल मैदानमा आइतबार साझँ ७ बजे फाइनल खेल हुने छ भने तेश्रो स्थानका लागि आयोजक भुटान र भारत पनि भिड्दैछन ।
सेमिफाइनमा जस्तै राम्रो खेल पस्कने नेपाली टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । “भारतसँग जसरी उत्कृष्ट खेल प्रर्दशन ग¥यौं हामी त्यस्तै खेल्ने छौ र उपाधी उचाल्ने छौं,” उनले भने ।