महिला साफ फुटबल यू–१८ मा नेपाल र पाकिस्तान भिड्दै

अर्जुन गिरी,
भुटान, ११ असोज ।
दक्षिण एशियाली फुटबल महासंघको आयोजनामा भुटानमा हुने दक्षिण एशियाली (साफ) १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिप अन्र्तगत पहिलो खेल नेपाल र पाकिस्तान बिच शुक्रबार हुने भएको छ ।

शुक्रबार सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गते साँझ ७ बजे दोश्रो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका हुन । साफ महिला फुटबलका खेल्नका लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर १६ मा भुटान पुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि ७ अक्टोबर सम्म हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता हुनेछ ।

नेपाली टिमको लागि २३ जना खेलाडी भुटान ल्याइएको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘खेलको तयारी राम्रो छ,’ उनले भने, ‘तयारी अनुसारको नतिजा आउनेमा विश्वस्त छौ ।’ खेलाडीले राम्रो खेल पस्कने प्रशिक्षक श्रेष्ठको भनाई छ । ‘प्रशिक्षकको दृष्टिकोणबाट हेर्दा खेलाडीहरु एकदमै फर्ममा छन्,’उनले भने, ‘यसपटक नेपाली टिमले जित्ने विश्वास छ ।’ खेल जित्ने गरि खेल्ने उनले बताए । ‘हामी डिफेण्डिङ खेल्दैनौ, आक्रमक खेल हुनेछ,’ उनले भने, ‘हाम्रो टिमको राम्रो खेल प्रस्तुत हुनेछ ।’

खेलाडीले निकै मिहेनत गरेको सहायक प्रशिक्षक श्रीप्रकाश बैद्यले बताए । ‘जुन खेलाडी पूरा मनले प्रशिक्षणको वेला पसिना चुहाउछ, त्यो अनुसार नतिजा प्राप्त गर्छ भने जस्तै यसपटक राम्रो नतिजा आउने छ,’ उनले भने, ‘पहिलो खेल पाकिस्तानसँग छ, हाम्रो टिमले जित्ने विश्वास छ ।’

खेलाडीको प्रशिक्षणको लागि कुनै कमि कमजोरी नभएको टिम म्यानेजर सरला श्रेष्ठले बताइन् । ‘खेलहो, हारजित हुन्छ तर जित्ने उद्देश्यका साथ टिम आएका छौ । खेलाडीहरुको उत्साह र उर्जा देख्दा हामी निकै आशावादी छौ,’ उनले भनिन् । नेपाली टिमको गोलकिपरको प्रशिक्षण पनि निकै राम्रो भएको गोलकिपर प्रशिक्षक अस्मिता खवासले बताइन् ।

नेपाली टिमले पहिलो चरणमा सेप्टेम्बर २८ (असोज १२ )गते पहिलो दिनपाकिस्तानसँग खेल्ने छ । सरु लिम्बुको कप्तानीमा अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुस्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विक, पुनम फरसवान, कोपिला धिमाल, पुजा रानामगर, मञ्जली कुमारी योञ्जन, सुभद्रा खड्का,अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जना सिंह ठकुरी, सम्झनालावती, रश्मि घिसिङ्ग, उलिसा जिम्वा, रेखा पौडेल, सम्झना शर्मा छन् ।

कुन समूहमा कुन राष्ट्र
दक्षिण एशियाली (साफ) १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल, भारत, माल्दिभ्स, भुटान, बगंलादेश र पाकिस्तानले सहभागिता जनाएका छन् । दक्षिण एशियाली राष्ट्र मध्ये श्रीलङकाले सहभागिता जनाएको छैन ।

खेलमादुई समूह विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मालदिभ्स र भुटान छन् भने समूह ‘वि’मा नेपाल, बगंलादेश र पाकिस्तान छन् । सेप्टेम्बर २८ तारिख उद्घाटन खेलमा भारत र आयोजक भुटान खेल्ने छन् भने अर्को खेल नेपाल र पाकिस्तान भिड्ने छन् ।

सेप्टेम्बर ३० मा भुटान र माल्दिभ्स खेल्ने छन् भने अर्को खेल पाकिस्तान र बंगालादेशका बिच हुनेछ । अक्टोबर २ मामाल्दिप्स र भारत खेल्ने छन् भने अर्को खेलमा बगंलादेश र नेपाल खेल्ने छन् । प्रतियोगितामा समूह ए र वि का विजेता र उपविजेता टिमले अक्टोबर ५ मा सेमिफाइनल खेल्ने छन् भने फाइनल खेल अक्टोबर ७ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close