किरण खडका स्मृती सेभेन ए साइडमा तारा एफसी, संगम, एलजी, फूलबारी र बुद्धटोलको जित

पोखरा, ९ असोज ।
शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व. किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार चौथो दिनको खेल जारी रहँदा फूलबारी क्लब, बुद्धटोल यूवा क्लब, संगम एफसी, मसिना एफसी, तारा एफसी र एलजी एकेडेमी बिजयी भएका छन ।

सम्पन्न खेलहरुमा फूलबारी क्लब व्लुले एलसी ब्रर्दशलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितका लागि मिलन र सुविन गुरुङले एक–एक गोल गरे । जारी प्रतियोगितामा बुद्धटोलले एबिसीलाई ३–२ गोलले पाखा लगायो । बुद्धटोलका लागि राजन केसीले २ गोलर सुक बहादुर घलेले १ गोल गरे भने एविसीका लागि सुदिप थापा र नयन कार्कीले एक–एक गोल फर्काए ।

यता संगम एफसीले एचडी ब्रर्दशलाई ४–० गोलले स्तव्ध पा¥यो । संगमका लागि दिपराज गुरुङले ह्याट्रिक गरे भने बिबेक गुरुङले एक गोल गरे । मसिना एफसी र फूलबारी बिच भएको खेल निर्धारित समयमा २–२ मा सकिएपछि भएको टाइब्रेकरमा मसिनाले फूलबारीलाई टाइव्रेकरमा ३–२ गोलले पाखा लगायो ।

यसै गरि तारा एफसीले के–सुब्बा मेमोरियललाई ५–२ गोल गर्दै जित दर्ता गराएको छ । ताराका लागि बिनोद गुरुङले ह्याट्रिक पुरा गरे भने गोबिन थापा र सुनिल बिकले समान एक–एक गोल गरे । के–सुब्बाका लागि साजन गुरुङ र गोबिन गुरुङले एक एक गोल फर्काए । जारी प्रतियोगितामा एलजी एकेडेमीले हेमजा युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । एलजीका लागि सृजन गुरुङ र विशन वानियाले एक–एक गोल गरे भने हेमजाका लागि विकाश गुरुङले एक गोल गरे ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा करिब ४८ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

पोखराको अमरसिंह माबीको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी–१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके रहेको छ भने सह–प्रायोजक क्लबका आजिबन संरक्षक बि एण्ड बि गु्रपका होम बहादुर बसेल (बिमल) रहेका छन ।

यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरुस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगाएत रहेका छन । क्लबका पुर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिबारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरि उनको स्मृतीमा हरेक बर्ष प्रतियोगिता आयोजना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close