खेलकुद पत्रकार मंचका सचिब गिरी भुटान तर्फ प्रस्थान

पोखरा, ९ असौज ।
नेपाल खेलकुद पत्रकार मंच गण्डकीका सचिब अर्जुन गिरी भुटान तर्फ प्रस्थान गरेका छन । मंगलबार उनलाई नेपाल खेलकुद पत्रकार मंच, गण्डकीले एक कार्यक्रम गरि बिदाई गरेको हो ।

भुटानको राजधानी थिम्पुमा २०१८ सेप्टेम्बर २८ देखि अक्टोबर ७ (२०७५ असोज १२ देखि २१ गते) सम्म आयोजना हुन लागेको १८ वर्ष मुनीको दक्षिण एशियाली (साफ) महिला फुटबल प्रतियोगिताको समाचार संकलनका लागि गिरी त्यस तर्फ प्रस्थान गरेका हुन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई एक जना पत्रकारका लागि अनुरोध गरेपछि मंचले सचिब गिरीलाई निर्णय गरेर त्यस तर्फ पठाएको हो ।

नेपाल खेलकुद पत्रकार मंच गण्डकीले आयोजना गरेको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय कार्यक्रमहरुको सहभागिताले धेरै कुरा सिक्ने अबसरका साथै भावनात्मक सम्बन्ध विस्तार गर्न सहज हुने बताए ।

अध्यक्ष श्रेष्ठले मोफसल बाट समाचार संकलनमा खटिएका पत्रकारहरुले अन्तर्राष्ट्रिय स्तरको समाचार संकलन गर्न सक्छन भन्ने एउटा उदाहरण प्रस्तुत गर्न र अवसरको सदुपयोग गर्न पनि यात्रा उत्तिकै महत्वपूर्ण हुने बताए । उनले भने “एउटा पत्रकारका लागि धेरै कुरा सिक्न आवश्यक छ त्यसमा पनि अनुभव, अध्ययन, अन्तरक्रिया र यात्रा रहेको हुन्छ, यि चार कुराहरु एउटा सिर्जनशिल पत्रकारको लागि महत्वपूर्ण अंग समेत हुन ।”

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले सचिब गिरीलाई बिदाई गर्दै खेलकुद पत्रकार र एन्फाका बिच समन्वय गरि यस क्षेत्रको फुटबल बिकासमा संगै अगाडी बढ्ने बताए ।

सो अबसरमा बोल्दै मंचका सचिब गिरीले आफुलाई मंचले विश्वास गरेर नेपाली महिला फुटबलको समाचार संकलन गर्न भुटान पठाएको प्रती आभार प्रकट व्यक्त गर्दै जिम्मेवारीलाई उत्तिकै गहन ढङले निभाउने बताए । उनले आफुलाई प्राप्त हुने भत्ताको रकम बाट १० प्रतिशत रकम मंचलाई प्रदान गर्ने प्रतिवद्धता जनाउँदै भने “हुन त यो सानो रकम हो, तर यसले एउटा उदाहरण कायम हुने र संस्थाप्रती सबैलाई उत्तरदायी बनाउन पनि भूमिका खेल्ने छ ।”

नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मंचका उपाध्यक्ष दिननाथ बराल, अग्रज फोटो पत्रकार सुदर्शन रन्जित, एन्फा कास्कीका महासचिब रमेश कार्की लगाएत अन्य पत्रकारहरुले पत्रकार गिरीलाई सफल यात्राका लागि बिदाई गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मंचका सचिब गिरी ताण्डब साप्ताहिक र ताण्डब अनलाइनका सम्पादक समेत हुन । उनी बुधवार नेपाली महिला टिम संगै काठमाडौ बाट भुटान प्रस्थान गर्ने कार्यक्रम रहे पनि मंगलबार काठमाडौ प्रस्थान गरेका हुन ।

तस्बिर : सुदर्शन रञ्‍जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close