
बाचस्पती रेग्मी
लण्डन, ७ असौज ।
एन्फा अध्यक्ष शेर्पा तथा उपाध्यक्ष कृष्ण थापा र उपेन्द्रमान सिंहलाई लण्डनमा नेपाली खेलप्रेमी तथा समाजसेबीहरुले भब्य स्वागत गरेका छन ।
शितलपाटीन्यूजका अनुसार अखिल नेपाल फुटबल संघका (एन्फा) अध्यक्ष कर्मा्िछरिंङ शेर्पाको नेतृत्वमा आएको उपाध्यक्ष कृष्ण थापा र उपाध्यक्ष उपेन्द्रमान सीहको एक टोलीलाई हिथ्रो विमानस्थलमा साहारा युकेले भब्य स्वागत गरेको हो ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षय द्वय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपुगेका हुन ।
बेलायत भ्रमणमा आएका एन्फाका प्रतिनिधीहरु लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिंदा यहांका नेपाली समुदायको तर्फबाट सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थ्विक्रम क्षेत्री, साहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सल्लाहाकार रामचन्द्र सुर्जे गुरुङ, सल्लाहाकार नरजंग गुरुड्ग, बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुड्ग, सल्लाहाकार कमल गुरुङ, टिका गुरुड्ग र साहारा मीडीया सेक्रेटरी बाचस्पति रेग्मी सहितका बेलायतस्थित नेपाली समुदायका अगुवाहरुले हिथ्रो विमानस्थल स्वागतका लागी पुगेका थिए ।
कान्तीपुरका संवाददाता एवम वी नेपालीका सम्पादक नविन पोखरेल, नेपालीपत्रका सम्पादक ध्रुव राज अर्याल, लण्डन नेपाल न्युजका शीव भण्डारी र शीतलपाटीन्युजका सम्पादक समेत पत्रकारको सो अवसरमा उपस्थीती थियो ।
एन्फाका अधिकारीहरुले सोमबार सेप्टेम्बर २४ मा लण्डनमा आयोजना हुने फिफाको वार्षिक अवार्ड समारोहमा भाग लिनेछन । रशियामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको समिक्षा बैठकमा समेत उनीहरु सहभागी हुने कार्यक्रम छ । यसैबीच यहि सेप्टेम्बर २५ तारिखका दिन एन्फाको टोलीसंग सहारा यूकेले बेलायत स्थित अल्डरसटमा एक कार्यक्रमको आयोजना गर्दैछ ।
सो दिन दिउंसो ३ बजेदेखि ५ बजेसम्म अल्डरसटको भेटघाट रेष्टुरेन्टमा स्वागत तथा नेपाली समुदायसंगको अन्तरक्रिया कार्यक्रम गरिदैछ । सोहि दिन सांझ ५ बजे सहारा यूकेकै संयोजनमा एन्फाको टोली र अल्डरसट टाउन फुटबल क्लबबीच एक बैठक राखिएको छ ।
फोटो तथा समाचारः शितलपाटी बाट