कास्कीमा फुटबल एकेडेमीका लागि जग्गाको खोजी, तिन ठाँउ हेरियो

पोखरा ४ असौज ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीमा निर्माण गर्ने सोच राखेको एन्फा एकेडेमीका लागि पोखराका तिन ठाँउमा जग्गा हेरिएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालको फ्टबललाई तल्लो तह बाटनै बिकास गर्न नेपालमा किशोर र किशोरीका लागि दुई छुट्टा छुट्टै एकेडेमी निर्माण गर्न लागेको हो । जस मध्ये किशोरीका लागि रौतहटमा काम सुरु भइसकेको छ भने किशोरका लागि पोखरामा जग्गाको खोजी गर्ने काम धमाधम भइरहेको छ ।

नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा, एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा सहितको टोलीले एकेडेमीका लागि आवश्यक पर्ने जग्गाका लागि पोखरामा खोजी शुरु गरेको हो ।

पोखरा महानगर वडा नं १५ स्थित फुलबारी होटलको केही तल राती खहरे, वडा नं २५ हेमजा सुइखेल फाँट र माछापुच्छ्रे गाँउपालिका वडा नं ७ स्थित भेडावारी खोराकोमुख भन्ने ठाँउमा उक्त टोलीले प्रारम्भिक चरणमा जग्गाको आवलोकन गरेको हो ।

पोखरा स्र्पोट्स डटकम संग कुरा गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिलेनै केही भन्न सक्ने स्थितीमा नरहेको बताए । प्राविधिक टोलीले तिे जग्गाको वृस्तित अध्ययन गरेपछि मात्रै कुन ठाँउ उपयुक्त हुन्छ खनि मात्रै निक्र्यौल गर्न सकिने बताए ।

अध्यक्ष शेर्पाले पोखरामा किशोरहरुका लागि निर्माण गरिने एकेडेमीका लागि करिव ७ सय रोपनी जग्गा आवश्यक पर्ने र १० करोडको लागतमा बन्ने छ जहाँ ९० जना किशोरलाई आवाशीय ट्रेनिङ दिइनेछ । जसमा १४, १६ र १८ वर्ष उमेर समूहका रहने उनले बताए ।

यता गाँउपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ पनि उक्त जग्गामा एकेडेमी बन्नेमा ढुक्क मात्रै होइन उत्साही पनि छन । उनले एकेडेमीका लागि आवश्यक जग्गाको नापजाँच र अन्य प्रक्रियाहरु यथासिघ्र सक्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close