
पोखरा, ३ असोज ।
रोट्रयाक्ट क्लब अफ हेमजाकोे आयोजनामा भएको भेट्रान्स फुटबल प्रतियोगितामा बहुउद्धेश्यि किसान सहकारी संस्था बिजयी भएको छ ।
बुधबार भएको फाइनल खेलमा बहुउद्धेश्यि किसान सहकारी संस्थाले देबि स्थान कृृषि सहकारी संस्थालाई ६–१ गोल अन्तरले पराजित गर्दै भेट्रान्स फुटबल प्रतियोगितामा उपाधि चुम्न सफल भएको हो । उक्त खेलमा म्यान अफ दि म्याच बिजेता टिमका सुबिन श्रेष्ठ घोषित भए ।
बिजेता बहुउद्धेश्यि किसान सहकारी संस्थाले २५ हजार बराबरको खसि, ट्रफी, मेडल तथा उपबिजेता देबिस्थान कृषि सहकारी संस्थाले १५ हजार हजार बराबरको खसि, ट्रफी र मेडल प्राप्त गरेको छ ।
रोट्रयाक्ट क्लब अफ हेमजा द्वारा आयाजित भेट्रान्स फुटबल प्रतियोगितामा सर्बाधिक गोेलकर्ता बहुउद्धेश्यि किसान सहकारी संस्थाका सुबिन श्रष्ठ र उत्कृष्ट खेलाडी देबिस्थान कषि सहकारी संस्थाका बिनोद गुरुङ घोषित भए । सर्बाधिक गोेलकर्ता र उत्कृष्ट खेलाडीले ट्रफी प्रप्त गरेका छन ।
रोट्रयाक्ट क्लब अफ हेमजाले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी थिए ।