भारोत्तोलन खेलाडी पोल्यान्ड प्रस्थान

काठमाडौं, १ असौज ।
वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमबार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ ।

सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी तथा प्रशिक्षकमा संगमसिंह थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close