
पोखरा, २६ भदौ ।
ढिकुरपोखरीमा जारी तीजमेला अन्र्तगतको खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्र्तगत मंगलवार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन । सोमवार भारी वर्षाका कारण कुनै पनि खेल हुन सकेको थिएन । बुधबार सेमीफाइनलका खेल संचालन हुने आयोजक ढिकुरपोखरी युबा संजालले जनाएको छ ।
मंगलवार आयोजक ढिकुरपोखरी संजाल ए र फेवा क्लव पामे बीच भएको पहिलो खेलमा ३–१ गोलअन्तरले पछि पार्दै आयोजक संजाल ए बिजयी भएको छ । आयोजक ए को जितका लागि अजित गुरुङ, सुनिल विक र सञ्जय बुढाथोकीले १÷१ गोल गरेका थिए । जवाफमा फेवा क्लवका सुर्य थापाले १ गोल फर्काएका थिए । सो गेममा संजालका दिप क्षेत्री म्यान अफ दी म्याच घोषित भएका छन ।
त्यस्तै आयोजक संजाल वि र गगन टाटु ब्रर्दश युनिटी बीचको दोस्रो खेलमा १–० को गोलअन्तरले आयोजक वि बिजयी भएको छ । आयोजक बि को जीतका लागि खेलको १७ औं मिनेटमा म्यान अफ दी म्याच बन्न सफल सौरभ गुरुङले गोल गरेका थिए ।
त्यसैगरी तेस्रो खेल मालेपाटन एफसीले जितेको छ । मालेपाटनको जीतका लागि विनोद गुरुङले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । जवाफमा इन्द्रेणी एकिकृत विकास केन्द्र टुडीखेलले कुनै पनि गोल गर्न सकेन । उक्त प्रतियोगितामा मालेपाटनका बिनोद गुरुङ म्यान अफ दी म्याच भएका छन ।
एपिएफ र श्रृङखला युथ क्लव भलाम बीच मंगलवार अन्तिम खेल भएको थियो । उक्त खेलमा एपिएफका चुडामणी चौधरीले २ गोल तथा श्रृङखला युथ क्लवका नरेश केसीले १ गोल फर्काएका थिए । सो खेलमा एपिएफका चुडामणी चौधरी म्यान अफ दी म्याच बने ।
बुधवार एपिएफ र मालेपाटन बीच दिउँसो साढे १२ बजे पहिलो र आयोजक ए तथा आयोजक वि बीच दोस्रो सेमीफाइनल खेल हुने संजालका महासचिव दिल जिसीले जानकारी दिएका छन ।